६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो । उहाँले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

उहाँले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताउनु भयो ।