८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो जानकारी गराउनुभएको हो । उहाँले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताउनु भयो । उहाँले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताउनु भयो । उहाँले अहिले पनि अनुसन्धान जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो । म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो । यसको पत्ता लगाउने हो । दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ । अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छाँै । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’

उहाँले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि बताउनु भयो ।