१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो जानकारी गराउनुभएको हो । उहाँले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताउनु भयो । उहाँले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताउनु भयो । उहाँले अहिले पनि अनुसन्धान जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो । म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो । यसको पत्ता लगाउने हो । दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ । अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छाँै । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’

उहाँले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि बताउनु भयो ।