२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस्: उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भइ आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गर्नुभयो ।

उहाँले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताउनु भयो । उहाँले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउनु भयो । ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गर्नुभयो । अलपत्र युवाहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ ५ जना नेपाली युवाहरु बेलग्रेडबाट फर्काइएको जहाजहरु त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ । ति युवाहरुलाई मैले त्यही जहाजमा भेटेँ । भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरुलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको रहेछ । त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँच जनालाई फकाइसकिएको अवस्था छ । बाँकी १० जना बेलग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ ।’

‘१५ जना मध्ये १४ जना झापा जिल्लाको मात्रै र एक जना बर्दिया जिल्लाको रहेछ । यसरी म्यानपावरले जथाभावी रुपमा कन्फर्म नभइकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने यसले मुलुकको शिर झुकाउने काम गरेको छ । युवाहरु ठगिने काम भएको छ । ठूलो रहर बोकेर गएकाहरुलाई फर्काइएको छ । उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरुलाई अनियमित ढंगबाट र उनीहरुलाई त्यहाँ सरोकारवालासँग कुरा नभइकन विदेशको लोभ देखाएर पठाइ युवाहरु ठग्ने काम क्षम्य छैन । सरकारको ध्यानाकर्षण गराउँछु । कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरु गैरकानूनी रुपमा रहेको सूचना पाएको छु । गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरु गैरकानूनी बाटोबाट त्यहाँ गएका छन् । यो दु:खलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर भm्याल खुला गर्दा यो समस्या आएको हो ।’

उहाँले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानूनी बाटो भइ गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।




भर्खरै