• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न गृह मन्त्रालयको निर्देशन



गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन गरिएको हो ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन दिईएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

गृह मन्त्रालयले यसको लागि २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपरेटर परिचालन गरेको छ । आफ्नो हेरचाह आफैँ गर्न नसक्नेहरू, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले भने राष्ट्रिय परिचयपत्र नम्बर नभए नि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको छ ।