• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा



काठमाडौँ । अपराजित रहँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘सुपर–८’ चरणअन्तर्गत सोमबार भएको निर्णयक खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई तीन विकेटले हराउदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

बर्षाले खेल प्रभावित गरेपछि पानी परेपछि ओभर र लक्ष्य घटाउँदै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६.१ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान हेनरिच क्लासनले २२ रन थपे । कप्तान एडन मार्क्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बनाउदा मार्को यानसेनले अविजित २१ रनको योगदान गरे । कागिसो राबडा पाँच रनमा अविजित रहे ।

वेस्ट इन्डिजका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन जोडे । कायल मायर्सले ३५ रन बनाए । आन्द्रे रसलले १५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।

समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो । दक्षिण अफ्रिका यसअघि सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।