२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । अपराजित रहँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘सुपर–८’ चरणअन्तर्गत सोमबार भएको निर्णयक खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई तीन विकेटले हराउदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

बर्षाले खेल प्रभावित गरेपछि पानी परेपछि ओभर र लक्ष्य घटाउँदै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६.१ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान हेनरिच क्लासनले २२ रन थपे । कप्तान एडन मार्क्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बनाउदा मार्को यानसेनले अविजित २१ रनको योगदान गरे । कागिसो राबडा पाँच रनमा अविजित रहे ।

वेस्ट इन्डिजका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन जोडे । कायल मायर्सले ३५ रन बनाए । आन्द्रे रसलले १५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।

समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो । दक्षिण अफ्रिका यसअघि सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।