२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा

हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास

हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास
अ अ+ अ-

सिन्धुपाल्चोक । आन्तरीक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ । यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो । हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु हाइसर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्यअनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाइएको छ ।

हेलम्बु र लाङटाङ क्षेत्र बीचको नयाँ गङ्गा र पावेल पिक आरोहण बाटो पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ । हेलम्बु क्षेत्रमा पाँच हजारभन्दा माथिका नौवटा पिक रहेको र उक्त ठाउँमा जाने दोहोरो बाटो निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने बाटोको विकास भइरहेको उहाँको भनाइ छ । यसले हेलम्बुलगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठूलो योगदान पु¥याउने गाउँपालिकाको विश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्र छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्य रहेको छ । हेलम्बुको प्रमुख आकर्षण जय बागेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङलगायत बन्जिजम्पिङका लागि पुल निर्माणको काम भइरहेको जनाएको छ ।