६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास



अ+ अ-

सिन्धुपाल्चोक । आन्तरीक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ । यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो । हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु हाइसर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्यअनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाइएको छ ।

हेलम्बु र लाङटाङ क्षेत्र बीचको नयाँ गङ्गा र पावेल पिक आरोहण बाटो पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ । हेलम्बु क्षेत्रमा पाँच हजारभन्दा माथिका नौवटा पिक रहेको र उक्त ठाउँमा जाने दोहोरो बाटो निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने बाटोको विकास भइरहेको उहाँको भनाइ छ । यसले हेलम्बुलगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठूलो योगदान पु¥याउने गाउँपालिकाको विश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्र छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्य रहेको छ । हेलम्बुको प्रमुख आकर्षण जय बागेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङलगायत बन्जिजम्पिङका लागि पुल निर्माणको काम भइरहेको जनाएको छ ।