• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

कोपा अमेरिका: उरुग्वेको विजयी सुरुवात



काठमाडौं । जारी कोपा अमेरिकामा उरुग्वेले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको समूह सीको खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरे। त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए।

यो जितपछि उरुग्वेले समूह सी मा महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ।

अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोही दिन अमेरिकासँग खेल्ने छ।