• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

महामन्त्रीलाई कारबाही गरेको रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ ।

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय बैठकले गरेको हो ।