६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध



फाईल फोटो
अ+ अ-

काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथअन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि असार १९ र २० गते राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।

यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने प्रहरीले जनाएको छ । यस अवधिमा लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।