६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल

सभापति रवि लामिछानेप्रति आक्रोसित, असफलताको भारी बोकाउन खाजेको आरोप

पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । महामन्त्री डा. मुकुल ढकाल पार्टीमा बस्ने वातावरण नरहेको भन्दै केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेर बाहिरिएका छन् ।

पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक जारी रहेका बेला महामन्त्री ढकालले आफ्ना केही सहकर्मीहरुसँग अब पार्टीभित्र बस्ने वातावरण नरहेको भन्दै बाहिरिएका हुन् । उनी सम्भवत: अब रास्वपामा नरहने सक्ने बताइएको छ । रास्वपाले ढकाललाइ तत्काल कारबाही गर्ने तयारीसमेत  गरेकाे छ ।

यसअघि महामन्त्री ढकाल दिनभर मुखमा टेप लगाएर बैठकमा बसेका थिए । बैठकबाट निस्केर पनि उनले टेप खोलेनन् । तर, पत्रकारसँग भने आफ्ना भनाइ राखे । उनले सभापति रवि लामिछानेप्रति आक्रामक अभिव्यक्ति दिए ।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकमा आफूलाई ह्यारेसमेन्ट भएको आरोप लगाए । सभापति लामिछानेलाई गोर्खा मिडियासँग जोडेर गम्भीर आरोप मात्र लगाएनन् असक्षमको संज्ञासमेत दिन भ्याए ।

केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग महामन्त्री ढकालले के भनेका थिए ? उनको भनाइ जस्ताको तस्तै :

आजको बैठक लाइभ नगर्नका लागि नियोजितरुपमा केन्द्रीय सदस्यहरुको मत लिने काम गरियो । कसको पक्षमा बहुमत र कसको अल्पमत भन्ने कुरा गौण हो । कांग्रेसभभित्र पनि देउवाको विपक्षमा मत नहोला ।

एमालेमा ओली र माओवादीमा प्रचण्डको विरुद्ध मत नहोला । त्यस्तै रास्वपामा पनि रवि लामिछानेविरुद्ध मत नहोला । मत छैन भन्दैमा प्रचण्ड सही, ओली सही र देउवा सही हुने कुरा मस्वीकार गर्दिन । रास्वपामा मुकुल ढकाल जन्मिएको छ । यो जन्म हरेक पार्टीमा हुनुपर्छ ।

रवि लामिछानेले पनि प्रचण्ड, ओली र देउवाजस्तै प्रवृत्ति देखाउनुहुन्छ भने रवि प्रवृत्तिको विरोध पनि गर्नैपर्छ । त्यो गरेको हुँ । त्यो विरोध मैले उहाँलाई सच्याउन गरेको हुँ । मैले नेताबाट राजनेता बनाउन गरेको हो ।

त्यसको अनुभूति उहाँले गर्न सक्नुभएन । मेरो साथ र सहयोगलाई आत्मसात गर्न सक्नुभएन । सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो । मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा मलाई बोकाउन खोज्नुभएको छ ।

गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो । एउटै मानक हो । उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषि, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषि महामन्त्री भन्ने आयो । जब पत्रकार हुनुहुन्थ्यो नेता दोषि, जब नेता हुनुहुन्छ पत्रकार दोषि । जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषि ।

आज आफ्नो प्रस्ताव पेश गर्न मलाई रोकियो । त्यसपछि मिडियामा दिन्छु भन्दा हुन्छ भन्नुभयो । पछि त्यसलाई पनि अनुशासनको कारबाही हुने कुरा गर्नुभयो । रास्वपा महामन्त्रीको रुपमा मैले कहाँ गल्ति गरेको छु ? जनताबाट मूल्यांकन होस । आज लाइभको माग गरेको थिएँ । लाइभ भएन । अलिकति ह्यारेसमेन्ट तहमा उहाँ जानुभयो ।

त्यसैले म बैठक छोडेर आएको छु । सबै केन्द्रीय सदस्यको र मेरो पनि ‘लाइ डिटेक्सन टेस्ट’ झूटो पत्ता लगाउने मेसिनबाट जाँच गरौं । मैले सही बोलेको हो कि होइन भन्ने जाँच गरौं । मैले भनेको छु जो जति शक्तिमा छन्, त्यति नै जिम्मेवार छन् । म मेरो बराबरको जिम्मेवारी लिन तयार छु ।

अन्तिममा एउटा कुरा भन्छु । मेरो कार्यशैलीको कुरा आयो बच्पनाको कुरा आयो । उहाँले देश बनाउनुहुन्छ भन्ने सोचेर उहाँको कुराहरु बाहिर नभनेर त्यसै अनुसार आफूलाई प्रेजेन्ट गर्दै आएँ ।

उहाँले विधानमा सभापतिलाई सबैभन्दा शक्तिशाली देखाउनु, कसैले केही भने कारवाही गर्नु भनेपछि यो मान्छेले देश बनाउँछ भन्ने सोचेर‘ गृहमन्त्री भएर देश बनाउने स्थिति नदेखेपछि आलोचनत्मकरुपमा ढंगले अगाडि बढ्दा जुन व्यवहार ममाथि प्रस्तुत गरियो, त्यो नितान्त गैरजिम्मेवारपूर्ण छ ।

एउटा कुरा सबैजनालाई म भन्छु, नेपाल सरकारका दुई आइजीपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ । उहाँहरुसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्यो । एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ । डीएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफलेू गर्नुभएको छ ।

बाहिर आइजीलाई दोष दिनुभएको छ । आज पनि महामन्त्रीलाई दोषारोपण गरेर आफ्नो असमक्षता ढाकछोप गर्न खोज्नुभयो, त्यो आपत्तिजनक छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।

बैठकमा उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । सभापति र दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन ।

राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ रु कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।