• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम

एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिदै र एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाएका छन् ।

पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले आज (बुधबार) साँझ बालुवाटारमा पुगी प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेबाट सहभागी मन्त्रीहरुले राजीनामा दिन लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

राजीनामापत्र ग्रहण गर्दा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक प्रतिक्रिया नदिएको एक मन्त्रीले जानकारी दिनुभयाे । तर, उहाँले यादव खरेलले लेखेको र गायक फत्तेमान राजभण्डारीको स्वर रहेको चर्चित गीत “यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले” गाएर सुनाउनु भएकाे थियाे ।

उहाँँले न्युजपोलारसँग भन्नुभयो – ‘हिजोको सचिवालयको बैठकले एमालेको नेतृत्वमा कांग्रेस र एमालेबीचको समझदारीमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीलाई आजसम्म मार्गप्रशस्त गर्न आह्वान गरेको थियो ।

अहिलेसम्म प्रधानमन्त्रीबाट त्या अवस्था देखिएन । यसमा हाम्रो कुनै अन्यथा छैन । हामीले नयाँ राष्ट्रिय सरकारको प्रक्रिया आरम्भ गर्नका लागि एमालेको तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ ।’

तस्बिर : प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय