१७ श्रावण २०८३, आईतवार
,
Latest
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश, बराबरी खेलेको स्वीट्जरल्यान्ड पनि नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । आयोजक जर्मनी युरो २०२४ अन्तर्गत समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेसँगै जर्मनी समूह विजेता बनेको हो ।

खेलको २८ औं मिनेटमा डान एन्डोइले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिनै लाग्दा इन्जुरी समयमा वैकल्पिक खेलाडी निकलास फुल्कवर्गले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

बराबरीसँगै स्वीट्जरल्यान्ड समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान बनाएको छ ।

समूह ए मा जर्मनीले ३ खेलबाट ७ अंक जोड्यो । स्वीट्जरल्यान्डले ५ अंक जोड्यो । यस समूहबाट स्कटल्यान्ड बाहिरियो । हँगेरीको भने नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ ।