६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि



अ+ अ-

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि बस्दै छ ।

काठमाडौंमा हुने १६ औं बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे छलफल हुने छ ।

बैठकमा नेपालकातर्फबाट परराष्ट्रय सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले गर्नेछन् । उनी आज नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुन नेपालको तीन दिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा पेश गर्ने एजेन्डा नेपाली पक्षले तयार पारिसकेको छ ।

चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवद्र्धन, कनेन्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुने छ ।

व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज पनि निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुने छ ।