• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक

प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला



काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा देश अघि बढ्ने बताउनुभएको छ ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहनुभएको भन्दै प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका राजनीतिक दलहरुको रहेको बताउनु भयो । उहाँले पहिलो दल प्रतिपक्षमा र तेस्रो दलले सत्ता चलाइरहेको अवस्थालाई लिएर आफ्नो संख्या जादुमय हो भन्नुलाई अस्वभाविक रुपमा लिन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ । त्यस हिसावले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने लाग्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन । यो सरकार पाँच वर्ष जान्छ । कसैले भत्काउन सक्दैन । भत्काउन नसक्ने गरी छ । तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला । नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्नेकुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरुको हो । सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ ।’

उहाँले सरकारले राम्रोसँग काम गरिरहेकाले नेपाली काँग्रेसल विचलित हुन लागेको बताउनु भयो ।