२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तशुल्क स्टिकर खरिदमा मुख्यसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड भ्रष्टाचार



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरी अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दर्ता हुनासाथ मुख्यसचिव डा अर्याल स्वत: निलम्बनमा परेका छन् ।

विशेष अदालतमा  पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । उक्त प्रकरणमा पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेतमाथि पनि अनुसन्धान भइरहेको छ ।