• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा ★   काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई ★   बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन, कर्जा रिकभरीमा समस्या छ: गभर्नर अधिकारी

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार



काठमाडौँ । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत पदको अस्वीकार गरेका छन् । आइतबार एक विज्ञप्ति निकाल्दै उनले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका हुन् ।

यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने उनले बताएका छन् ।

वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गर्दै उनले भनेका छन् ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु । तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’

प्याकुरेलले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक देखेको बताएका छन् । सरकार फेरिएलगत्तै राजदूत फर्काउने निर्णयमा पनि उनले प्रश्न उठाएका छन् ।