१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश



अ+ अ-

काठमाडौँ । पोर्चुगल युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

पोर्चुगललाई सहज जित दिलाउन बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गरे । एक गोल भने पोर्चुगलले उपहारस्वरुप पायो । टर्कीका सामेत अकाइदिनले आत्मघाती गोल गरेका थिए ।

समूह एफ मा पोर्चुगल लगातार दुई जितसहित ६ अंकका साथ शीर्षस्थानमा छ । टर्की ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, यसै समूहका जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । दुबै टोलीको २ खेलबाट १–१ अंक छ ।