• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताउनु भयो ।

उहाँले अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन आग्रह गर्नुभयो । उहाँले काँग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताउनु भयो । पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा सदस्यहरुको उपस्थिति पातलो भएकाले नेपाली काँग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको छ । त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ। अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन भनेका छौँ ।

अहिले संसदमा हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको हो । तर यो पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा मान्य सदस्यहरुको उपस्थिति अलि पातलो देखिएको छ । त्यसो भएकाले आजको संसदीय दलको बैठकले नेपाली काँग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको छ ।’

प्रमुख सचेतक लेखकले अहिलेको बजेटको विनियोजन अपरिपक्व, असन्तुलित, पूर्वाग्रही, पक्षपातपूर्ण रहेको बताउनु भयो ।