२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । जारी टी–२० विश्वकपको सुपर ८ खेलमा आज भारत र अफगानिस्तान भिड्दैछन् । केन्सिङ्टन ओवल, ब्रिजटाउनमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुनेछ ।

टी–२० विश्वकपमा भारत अहिलेसम्म अपराजित छ भने अफगानिस्तानले पछिल्लो खेल वेस्ट इन्डिजसँग हारेको थियो । आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यसै वर्षको जनवरी मा भएको टी–२० सिरीजमा भारत र अफगानिस्तानको खेल दुई सुपर ओभरमा गएको थियो ।

उक्त खेलमा भारतले अफगानिस्तानलाई २१२ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले पनि २११ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो भने भारतीय टोलीले पनि १६ रन मात्र बनायो। खेल फेरी टाई भयो ।

दोस्रो सुपर ओभरमा भारतले २ विकेट गुमाएर ११ रन बनाएको थियो । रवि बिश्नोईले पहिलो बलमा मोहम्मद नाबी र तेस्रो बलमा रहमानउल्लाह गुरबाजलाई आउट गर्दै १० रनले खेल जितेका थिए।

प्लेयर टु वाच
भारतका ब्याट्सम्यान विराट कोहली टी–२० विश्वकपमा समग्रमा सर्वाधिक रन स्कोरर हुन् । कोहलीले अफगानिस्तानविरुद्ध ५ खेल खेलेर २०१ रन बनाएका छन् । उनले यस विश्वकपमा भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

यस्तै, अर्शदीप यस विश्वकपमा भारतका लागि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ३ खेलमा ७ विकेट लिएका छन् । अमेरिका विरुद्ध अर्शदीपले ९ रन दिएर ४ विकेट लिएका थिए ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाज टी–२० विश्वकप २०२४ का सर्वाधिक रा स्कोरर हुन्। उनले ४ खेलमा १६७ रन बनाएका छन् । गुरबाजले न्यूजिल्याण्डविरुद्ध ८० रनको उत्कृष्ट इनिङ खेलेका थिए । योसँगै युगाण्डाविरुद्ध ७६ रन बनाएका थिए।

अफगानिस्तानका कप्तान राशिद खान टी–२० मा टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले कुल ८८ खेलमा १४२ विकेट लिएका छन् । यस विश्वकपमा उनले ४ खेलमा ६ विकेट लिएका छन् । योसँगै उनले २६ रन पनि बनाएका छन् ।

भारतको सम्भावित प्लेइङ​ ११:

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज।

अफगानिस्तानको सम्भावित प्लेइङ​ ११:

राशिद खान (कप्तान), इब्राहिम जद्रान, गुलबादिन नाइब, अजमातुल्लाह ओमजाइ, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, करिम जनात, राशिद खान, नूर अहमद, नवीन-उल-हक र फजलहक फारुकी।