२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । जारी टी–२० विश्वकपको सुपर ८ खेलमा आज भारत र अफगानिस्तान भिड्दैछन् । केन्सिङ्टन ओवल, ब्रिजटाउनमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुनेछ ।

टी–२० विश्वकपमा भारत अहिलेसम्म अपराजित छ भने अफगानिस्तानले पछिल्लो खेल वेस्ट इन्डिजसँग हारेको थियो । आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यसै वर्षको जनवरी मा भएको टी–२० सिरीजमा भारत र अफगानिस्तानको खेल दुई सुपर ओभरमा गएको थियो ।

उक्त खेलमा भारतले अफगानिस्तानलाई २१२ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले पनि २११ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो भने भारतीय टोलीले पनि १६ रन मात्र बनायो। खेल फेरी टाई भयो ।

दोस्रो सुपर ओभरमा भारतले २ विकेट गुमाएर ११ रन बनाएको थियो । रवि बिश्नोईले पहिलो बलमा मोहम्मद नाबी र तेस्रो बलमा रहमानउल्लाह गुरबाजलाई आउट गर्दै १० रनले खेल जितेका थिए।

प्लेयर टु वाच
भारतका ब्याट्सम्यान विराट कोहली टी–२० विश्वकपमा समग्रमा सर्वाधिक रन स्कोरर हुन् । कोहलीले अफगानिस्तानविरुद्ध ५ खेल खेलेर २०१ रन बनाएका छन् । उनले यस विश्वकपमा भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

यस्तै, अर्शदीप यस विश्वकपमा भारतका लागि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ३ खेलमा ७ विकेट लिएका छन् । अमेरिका विरुद्ध अर्शदीपले ९ रन दिएर ४ विकेट लिएका थिए ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाज टी–२० विश्वकप २०२४ का सर्वाधिक रा स्कोरर हुन्। उनले ४ खेलमा १६७ रन बनाएका छन् । गुरबाजले न्यूजिल्याण्डविरुद्ध ८० रनको उत्कृष्ट इनिङ खेलेका थिए । योसँगै युगाण्डाविरुद्ध ७६ रन बनाएका थिए।

अफगानिस्तानका कप्तान राशिद खान टी–२० मा टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले कुल ८८ खेलमा १४२ विकेट लिएका छन् । यस विश्वकपमा उनले ४ खेलमा ६ विकेट लिएका छन् । योसँगै उनले २६ रन पनि बनाएका छन् ।

भारतको सम्भावित प्लेइङ​ ११:

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज।

अफगानिस्तानको सम्भावित प्लेइङ​ ११:

राशिद खान (कप्तान), इब्राहिम जद्रान, गुलबादिन नाइब, अजमातुल्लाह ओमजाइ, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, करिम जनात, राशिद खान, नूर अहमद, नवीन-उल-हक र फजलहक फारुकी।