२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग आज सांसदहरूको प्रश्नोत्तर हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।

संसद् भवन नयाँबानेश्वरमा ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाल र सांसदबीच प्रश्नोत्तर गर्न लागिएको हो । प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्नेछन् ।

आजको बैठकमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको समेत जवाफ पनि दिनेछन् ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जवाफ दिने कार्यसूची छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ—आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।