१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउन्डरतर्फको वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरियताअनुसार उनी तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । यो कुनैपनि नेपाली खेलाडी पुगेको अहिलेसम्मकै उच्च वरियता हो ।

यद्यपि, ऐरीले जारी टी-२० विश्वकपमा भने औसत प्रदर्शन गरेका थिए ।

सो सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्षस्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा रहेका छन् ।