२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई प्रमुख सचेतक बर्तौलाको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गरिरहेका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताउनु भयो ।

उहाँले किसानहरुको जायज मागलाई अविलम्व सम्बोधन गरी दुधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले दुध किसानहरुले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिव ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गर्न पाउने त्यो नागरिकहरुको अधिकार हो । संवैधानिक हकको अधिकार हो । यो देशका झन्डै ६ लाख भन्दा बढी किसानले विशेष गरी दुध किसानहरुले आफूले बेचेको दुधको रकम भुक्तानी पाउँ भनेर आजदेखि काठमाडौंमा आन्दोलन शुरु गर्नुभएको छ । आज बिहानदेखि उहाँहरुले आन्दोलनका कार्यक्रम अघि बढाउनु भयो ।

यो आन्दोलनका कार्यक्रम उहाँहरुले अपर्झट कसैलाई थाहा नदिइ गरेको होइन । प्रशासनलाई, गृह प्रशासनलाई जानकारी दिएर सूचना गरेर यो ठाउँमा कार्यक्रम गर्छु भनेर अनुमति लिएर उहाँहरुले धर्ना गर्दै हुनुहन्थ्यो । दुध किसानहरुले काठमाडौंको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो । प्रहरीहरुको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरुलाई गिरफ्तार गर्यो ।

उहाँहरुमाथि मर्यादित व्यवहार भएन भन्ने छ । किसानहरुको जायज माग छ । उहाँहरुको न्यायोचित विषय छ । उहाँहरुले दुध बेच्नुभयो । सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरुलाई बेच्नुभयो । दुध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरु पुगे । सरकारबाट झन्डै २ अर्ब किसानहरुले रकम प्राप्त गर्नुपर्नेछ । निजीबाट झन्डै ३ अर्ब छ ।

६ लाख किसानहरुको दुधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ । उहाँहरु भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ । दुधको भुक्तानी वक्यौता अविलम्व प्राप्त गराइयोस् । भुक्तानी गरियोस् ।’

उहाँले सरकारलाई वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।