२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर



अ+ अ-

एजेन्सी । क्रिकेटमा म्याच फिक्सिङको खबरले फेरी माहौल तातेको छ । टी–२० विश्वकप २०२४ मा म्याच फिक्सिङको एउटा मुद्दा बाहिर आएको छ, जसलाई आईसीसीले तुरुन्तै समाधान गरेको छ ।

केन्याका एक पूर्व खेलाडीले जारी विश्वकपमा युगाण्डाका एक खेलाडीलाई फिक्सिङको लागि सम्पर्क गरेको बताईएको छ । पीटीआई रिपोर्टका अनुसार, लिग चरणको क्रममा केन्याका पूर्व फास्ट बलरले युगान्डा टोलीका सदस्यलाई विभिन्न नम्बरहरूबाट बारम्बार सम्पर्क गरेका थिए।

आईसीसीको कडा भ्रष्टाचार विरोधी प्रोटोकललाई ध्यानमा राख्दै, युगान्डा खेलाडीले साइट मार्फत एसियू अधिकारीहरूलाई तत्काल जानकारी दिएका थिए। खबरपछि आईसीसीले यो मामेला चाँडै समाधान गरेको छ।

युगान्डाका खेलाडीलाई वेस्ट ईन्डिजको गुयानामा हुने खेलको लागि अफर आएको थियो । युगान्डाले गुयानामा आफ्ना चारमध्ये तीन खेल खेलेको थियो । युगान्डाले पपुवा न्युगिनीलाई हराएको थियो भने अफगानिस्तान, न्युजिल्यान्ड र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

आईसीसीको भ्रष्टाचार विरुद्धको संहिता अनुसार भ्रष्टाचारको जानकारी आईसीसीलाई नदिनु अपराध हो । अन्य अपराधहरूमा म्याच फिक्सिङ, सट्टेबाजी, आन्तरिक जानकारीको दुरुपयोग र अनुसन्धानमा सहयोग गर्न असफलता समावेश छ।

२०११ को एकदिवसीय विश्वकपमा तत्कालीन २० वर्षीय क्यानेडियन खेलाडी हम्जा तारिकलाई पनि म्याच फिक्सिङको लागि सम्पर्क गरेको थियो। उनले यसबारे अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए।