१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका फास्ट बलर लोकी फर्गुसनले सोमबार आफ्नो बलियो बलिङले इतिहास रचेका छन् । टी–२० विश्वकप–२०२४ मा न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न सकेन ।

आफ्नो अन्तिम खेलमा उसले पपुवा न्युगिनीको सामना गर्दै थियो । फर्गुसनले यस टोलीविरुद्ध गरेको बलिङ ऐतिहासिक सावित भएको छ ।

यस खेलमा फर्गुसनले आफ्नो चार ओभरको कोटामा एक रन पनि दिएनन् र तीन विकेट लिए । यो टी-२० विश्वकपमा कुनै पनि बलरको उत्कृष्ट प्रदर्शन हो । टी–२० अन्तर्राष्ट्रियमा कुनै बलरले चार ओभरमा कुनै रन नदिई विकेट लिएको यो दोस्रो पटक हो ।

फर्ग्युसनभन्दा अगाडि क्यानडाका साद बिन जफरले यो काम गरेका थिए । उनले चार ओभरमा कुनै रन नदिई दुई विकेट लिएका थिए ।

फर्गुसनले पिएनजीका कप्तान असल भालाको पहिलो विकेट लिए । भालालाई फर्गुसनले डेरिल मिचेलको हातमा क्याच आउट गरेका थिए । त्यसपछि १२ औं ओभरको दोस्रो बलमा उनले चार्ल्स अमिनीलाई प्याभिलियनको बाटो देखाए । फर्गुसनले चाड सोपरको रूपमा तेस्रो विकेट लिए । सोपरलाई १४ औं ओभरको दोस्रो बलमा फर्गुसनले बोल्ड गरेका थिए । यो उनको चौथो ओभर थियो र यसमा पनि उनले एक रन दिएनन् ।

यो खेलमा पिएनजीले ठूलो स्कोर खडा गर्न सकेन । पूरै टोली १९.४ ओभरमा ७८ रनमा ध्वस्त भयो । फर्गुसनका अलावा ट्रेन्ट बोल्ट र टिम साउथीले समान २–२ विकेट लिए । इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनरले एक विकेट लिए ।