१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन



अ+ अ-

काठमाडौँ । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उहाँहरुको स्वागत र बिदाइ गर्नुभयो । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ ।

लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्कनुभएको छ भने उहाँको ठाउँमा प्रिति अरोरा आउनुभएको छ । स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गर्नुभयो । साथै निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने उहाँको विश्वास थियो ।

नेपालमा मङ्गलबारदेखि सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक ९आइडा–२१० को पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको अर्थमन्त्री पुनले बताउनुभयो । निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको तथा फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिकारुपमा मात्र नभइ नेपालको मित्रका रुपमा भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा विश्व बैंकको ‘पोर्टफोलियो’ विस्तार, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको अर्थमन्त्री पुनले स्मरण गनुर्भयो । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।

अमेरिकी नागरिक फारिस विसं २०७३ असारमा विश्व बैंकको नेपाल निर्देशकका रुपमा आउनु भएको थियो । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

नवनियुक्त देशीय निर्देशक डेभिड अमेरिकी नागरिक हुनुहुन्छ । उहाँ यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूनिकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । नवनियुक्त देशीय निर्देशक डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गर्नुभएको छ ।

स्वागत तथा बिदाइ कार्यक्रममा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी हुनुहुन्थ्यो ।रासस