• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफ्रिकाले २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन जोड्यो ।

उसका लागि रिजा हेन्ड्रीक्सले ४३, ट्रीस्टन स्टब्सले अविजित २७ रन जोड्दा एडियन मार्करमले १५ तथा क्वीन्टन डी ककले १० रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने भएका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।