६ असार २०८३, शनिबार
,
Latest
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेपाल–दाहाल समूहको कार्यदलको जिम्मा माधब नेपाललाई



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ ।

पत्रकारहरुलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताउनुभयो । बैठकमा अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउसो १२ बजे बस्ने भएको छ ।