३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त
अ+ अ-

काठमाडौँ। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त हुनुभएको छ। आइएमई लिमिटेडले शुक्रबार एक विशेष कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो।

रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको व्यावसायिक सम्बन्धलाई अझ बलियो र आत्मीय बनाउने उद्देश्यले सपुतलाई संस्थामा आबद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय हुनुहुन्छ र गाउँदेखि सहरसम्म अनि दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उहाँका गीतहरू उत्तिकै रुचाइएका छन्।

रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको वास्तविक भावना र भोगाइलाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत सशक्त रूपमा बोल्दै आउनुभएको छ। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको बहुआयामिक भूमिकालाई आम मानिससम्म सरल ढङ्गले बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने विश्वास आइएमईले लिएको छ।

सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले प्रकाश सपुतका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले कम्पनीको सामाजिक अभियानमा एउटा छुट्टै आफ्नोपन थप्ने उल्लेख गर्नुभयो। साथै, उहाँले स्वदेश र विदेशको भौतिक दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि एउटा भरपर्दो सारथीको काम गर्ने स्पष्ट पार्नुभयो।

त्यस्तै, नवनियुक्त सांगीतिक दूत एवं गायक प्रकाश सपुतले आइएमई जस्तो देशकै अग्रणी र प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताउनुभएको छ। उहाँले यो सहकार्यमार्फत विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटो र संस्कृतिसँग सधैँ जोडीराख्ने प्रतिबद्धता समेत जनाउनुभयो। यो सहकार्यले रेमिट्यान्स क्षेत्रमा ब्रान्डको साख बढाउन र कला संस्कृति मार्फत उपभोक्तालाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।