९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आरोप पत्र नै पार्टी विभाजनको प्रमुख आधार – महासचिव पौडेल

आरोप पत्र नै पार्टी विभाजनको प्रमुख आधार – महासचिव पौडेल
अ अ+ अ-

बुटबल ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताउनुभएको छ ।  उहाँले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।”


 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेकपामाथि कुनै बाहिरका व्यक्तिले नभएर पार्टी भित्रैबाट धारिलो हतियार प्रहार हुदा फुटको अवस्थामा पार्टी पुगेको बताउनुभयो । 

उहाँले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचण्डले बैठकमा पार्टी एकताको सहमति गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेकाले समस्या आएको हो ।” 

पौडेलले वर्तमान सरकारले पार्टीभित्रबाट असयोग हँुदा पनि तीन वर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य एवं ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकताको मुख्य आधार सहमतिय पद्धतीलाई भत्काएर सहमति विपरीत समीकरण निर्माण गर्नुले नै एकताको आधार भत्किएको बताउनुभयो । उहाँले निर्वाचन हुने विषयमा कुनै पनि आशंका नगर्न अनुरोध गर्दै राष्ट्रले सही निकास पाउने र समृद्ध राष्ट्र निर्माणका लागि निर्वाचनको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।     

पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएका आरोपसहितको अभियोग पत्र नै विभाजनको प्रमुख कारण रहेको बताउनुभयो । उहाँले अभियोग पत्रमा छलफल हुन सक्ने ठाउँनै नरहेको र उक्त अभियोग पत्र निषेधको उद्देश्यले ल्याइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आरोप पत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।”

पार्टी जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज दधिराम न्यौपाने, पार्टीका नेता भोजप्रसाद श्रेष्ठ, पार्टी नेतृ पुष्पाञ्जली उपाध्यायलगायतले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।