२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन् । भेडाबारीका ६८ वर्षीय किसान प्रमोद न्यौपानेले यस वर्ष चैते धान १४ क्विन्टल उत्पादन गर्नुभएको हो ।

सामान्यतया प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उत्पादन हुने यस क्षेत्रमा उहाँले प्रतिकट्ठा करिब छ क्विन्टल धान उत्पादन गर्नुभएको हो । “गत वर्षहरुमा पनि राम्रै धान उत्पादन हुने गरेको थियो”, उहाँले भन्नुभयो, “तर, यस वर्ष सोचेकोभन्दा बढी उत्पादन भएको हो ।” आफ्नो तीन कट्ठामात्रै खेत भएको उल्लेख गर्दै पराजुलीले दुई कट्ठामा धान र बाँकी रहेको १० धुर जमिनमा तरकारी लगाएको बताउनुभयो ।

“घरमा हामी बूढाबूढीमात्रै छौँ, तीनवटा भैँसी र एउटा गाई पालेका छौँ”, उहाँले भन्नुभयो, “गाई भैँसीको मल बिक्री गर्दैनौँ, सबै खेतमा नै हाल्छौँ । त्यसैले हाम्रो उत्पादन बढी हुने गरेको छ ।” उहाँले आफ्नो जमिनमा तीन खेती गर्ने गरेको उल्लेख गर्दै बर्खे धान, तोरी र चैतधान उत्पादन गर्दै आएको बताउनुभयो । “यसपटक चैते पाँच नाम गरेको धान लगाएको थिएँ, खेतीबालीको राम्रो हेरचाह गर्दा उत्पादन राम्रो हुन्छ” उहाँले भन्नुभयो, “धानमा सिँचाइ गर्नका लागि खेतको नजिकै बोरिङ छ, आवश्यक मात्रामा मलजल दिइरहेको हुन्छु ।”

गैँडाकोट–११ को यस क्षेत्रलाई सरकारले धानको ब्लक घोषणा गरेर अनुदानसमेत दिँदै आइरहेको छ । “अरुको भन्दा राम्रो धान उत्पादन हुँदा सन्तुष्ट छौँ तर किसानले उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा दु:ख लाग्छ”, उहाँले भन्नुभयो, “धान काटेकै दिनमा थ्रेस लगाएर मिलमा लगेर बिक्री गरेँ, प्रतिक्विन्टल रु तीन हजार दुई सयका दरले मूल्य पाएँ ।” मेहनत गरेर कृषि गर्दा उत्पादित वस्तुको मूल्य आफूहरुले निर्धारण गर्ने व्यवस्था भएमा किसानलाई खुसी मिल्ने न्यौपानेको भनाइ छ ।

किसानले खेती गर्दा मलबीउको अभावसँगै विषादीको समस्या पनि आउने गरेको उहाँले बताउनुभयो । “किसानले एग्रोभेटमा गएर जथाभावी औषधि किनेर खेतीमा प्रयोग गर्छन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले निगरानी नै गरेको छैन, जसले गर्दा माटोसँगै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्दैछ ।” रासस