२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ ।

मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उहाँको भनाई थियो ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । देशभर सुख्खा बढिरहेको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी अव काठमाडौंलाई पुग्दैन । याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन । यो ल्याउने कहिले हो ? २५ वर्ष लाग्यो मेलम्ची ल्याउन । निस्सासिएर काठमाडौंका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ । हामीले सुनिराखेका छौं–अवदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो । फेरी असारबाट पानी आउँदैन भन्ने आएको छ । खानेपानीको स्रोत व्यवस्थापन सरकारले गर्ने तर वितरण स्थानीय तहलाई दिनुपर्छ । र देशभरी सुख्खा बढिरहेको हुँदा पानी पुरणभरणको बन्दोबस्त गर्ने । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउने, देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गर्ने । र काठमाडौंको सुविधा उपत्यका बाहिर गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्ने ।’

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनु यो ।