काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले अर्को महिनाको मध्य तिरबाट जापानका नागरिकलाइ कोरोना बिरुद्दको भ्याकसिन लगाउन सुरु गरिने उद्घोष गरेका छन् ।
जापानको राजधानी टोकियोमा आज बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सुगाले सके सम्म अर्को महिनाको मध्य सम्ममा नागरिकहरुलाई कोरोना बिरुद्दाको खोप उपलब्ध गराउने बताएका हुन् ।
'कोरोना बिरुद्दको खोप जतिसक्दो छिटो उपलब्ध गराउन सरकार प्रयासरत छु' सुगाले भनेका छन् 'सके सम्म अर्को महिना नागरिकहरुले कोरोना बिरुद्दको खोप लगाउन पाउने छन्।'
उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, बृद वृदा र कर्मचारीहरुलाई उक्त खोप लगाइने छ । क्रमै संग अरु नागरिकहरुलाई पनि कोरोना बिरुद्दको खोप उपलब्ध गराउने प्रधानमन्त्री सुगाले बताएका छन् ।











