५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौंमा हिट एक्शन डे (तातो हावा लु दिवस) को अवसरमा एक कार्यक्रमबीच रेडक्रसले लक्षित वर्गलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको हो । जलवायु परिवर्तनका कारण नेपालका विभिन्न स्थानमा लु बढेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्शन डेको अवसरमा बोल्दै रेडक्रसले जलवायु परिवर्तनका असरबाट कसरी बच्ने भन्ने उपायहरु आम मानिसमा बुझाउन आवश्यक भएको बताउनु भयो ।

कुनैपनि विपद्लाई निमिट्यान्न गर्न नसकिने भन्दै उहाँले न्युनिकरणका लागि आवश्यक पहल गर्न जोड दिनुभयो । हिट एक्शनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनु भयो ।

विश्वव्यापी समस्याको रुपमा रहेको तातो हावा लुको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनु भयो । उहाँले केन्द्र, प्रदेश र स्थानीय तह एवं सम्बन्धित सरोकारवाला निकायहरु मिलेर गएमात्रै समस्याको समाधान हुनसक्ने बताउनु भयो । उहाँले रेडक्रकसले स्थानीय तहसँग मिलेर लु लगायत जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आवश्यक काम गरिरहेको बताउनु भयो ।

उहाँले तातो हावाको असरबाट बच्न रेडक्रसले आम नागरिकहरुलाई सचेत गराइरहेको जानकारी दिनुभयो । उहाँले तातो हावाबाट बच्न सडकमा खटेका ट्राफिक प्रहरीसहित आम नागरिकलाई पनि सचेतना दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । जलवायु परिवर्तनको सबैभन्दा बढी असर विपन्न वर्ग र दैनिक जीवन यापनका लागि दिनहुँ बाहिर गएर काम गर्नुपर्ने मानिसमा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विश्वव्यापी जलवायु परिवर्तन र क्लाइमेट चेन्ज, ग्लोवल वार्मिङको कुरा हो । हिट वेबले अहिलेको हाम्रो जलवायु परिवर्तनले कस्तो असर गरेको छ ? यसबाट कसरी बच्ने, के उपाय हुन् भन्नेबारेमा हामीले काम गरिरहेका छौँ । हामीले यो कुरा साना बालबालिकाको स्तरसम्म पनि पु¥याएका छौँ । हिट वेबले बालबालिका, वृद्ध, महिलाहरुलाई, श्रमीकहरुलाई धेरै असर गर्दछ । त्यसकारण हामीले यसबाट बच्न के गर्न सकिन्छ, कसरी बच्न सकिन्छ भनेर हामीले छलफल गरेका छौँ । कुनैपनि विपद्लाई हामीले निमिट्यान्न गर्न सक्दैनौँ । न्युनिकरण गर्नसक्छौँ ।

नेपाल रेडक्रस सोसाइटीले पनि अहिले विभिन्न किसिमका डिस्मिनेशन र इन्फरमेशन शेयरिङ र जनतालाई सचेत गर्नेकुरामा काम गरिरहेका छौँ । जलवायुसँग हामीले च्यालेन्ज गर्न सक्दैनौँ । न्युनिकरण गर्ने हो । विगतमा भन्दा अहिले हामी धेरे शतर्कता अपनाउने ठाउँमा छौँ । सरकार पनि यसमा छ । सबैको सहकार्यबाट नै यसलाई न्युनिकरण गर्छौं । रेडक्रसले जनतालाई सचेत गराउने हो । त्यो हामीले गरिरहेका छौँ ।

सडकमा खटेका ट्राफिक प्रहरीलाई पनि सचेतना दिनुपर्ने आवश्यकता छ । टिनका घरहरु हुन्छन्, धेरै रापहरु आउँछ, त्यो रापहरु क्रम गर्न ह्वाइट पिन्ट गर्नुपर्छ भन्नेकुरा गर्नुभएको । त्यो गरेर ४ देखि ५ डिग्रिसम्म राप नियन्त्रण गर्न सकिन्छ भन्नेकुरा गर्नुभएको छ । यो ममनयोग्य छ । घरबाट बारिह जानुपर्ने, दिनचर्याका लागि घर बाहिर गएर काम गर्नैपर्ने व्यक्तिलाई प्रभाव पारेको छ । विपन्न वर्गलाई यसले धेरै नै प्रभाव पारेको छ ।’

उहाँले सचेतना फैल्याउनेहरुलाई पनि जटिलता रहेको भन्दै आफू बँचेर अरुलाई बचाउने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले चिसोपानी, सर्वत पानी र यसबारेमा चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यि कार्यक्रमहरु रेडक्रसले स्थानीय सरकारसँग जोडिेर लगेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनर, धनगढी र विराटनगरमा सिमान्तकृत समुदाय लक्षित गरी तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।