• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग ★   धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता ★   दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण ★   मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु ★   मन्त्रीले सांसद पर्खनुपर्दा…

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना



काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको भन्दै भट्टराईविरुद्ध गत चैत २५ गते मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी जेठ २४ मा दोषी ठहर भएका थिए ।