१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको भन्दै भट्टराईविरुद्ध गत चैत २५ गते मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी जेठ २४ मा दोषी ठहर भएका थिए ।