२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै



file
अ+ अ-

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षबाहेक १९ पदाधिकारीसहित २०० पदका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् ।

सोमबारदेखि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति कलाकेन्द्रमा जारी जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ता भएको थियो ।

एक सहअध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५ जना उपाध्यक्ष पदका लागि पुरुषतर्फ १७ र महिलातर्फ ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी २ महासचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । उपमहासचिवतर्फ २ खुला र एक महिला पदका लागि १२ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

सचिवतर्फको ७ पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, कोषाध्यक्षमा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशनका लागि भनेर देशभरबाट एकसय पर्यवेक्षकसहित १ हजार ३४९ प्रतिनिधि छनोट भएका छन् ।