६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको बताउनु भयो ।

उहाँले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हनुसक्ने बताइएकोबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । ति मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हनुसक्ने ति मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । साथै मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान छ, तसर्थ सभामुख महोदयमार्फत सरकारको पूर्वतयारी के छ, यस मानेमा संसदलाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

उहाँले यस वर्ष मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमँन रहेको बताउनु भयो ।