६ असार २०८३, शनिबार
,
Latest
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले देशलाई गृहयुद्धमा धकेल्नु भो : अधिकारकर्मी पहाडी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गर्नुभएको छ । 

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताउनुभएको हो । लामो संघर्षपछि प्राप्त उपलब्धीहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको बताउनुभयो । 

संसदमा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसदको प्राण हरण गरेको पनि बताउनुभयो । यस्तै प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गैह्रसंवैधानिक कार्यको शिलशिलालाई प्रारम्भ गरेको पनि आरोप लगाउनुभयो । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने बताउनुभयो । 

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरुले अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरुले संविधानको पाना च्यात्ने काम गरेको पनि बताउनुभयो ।