काठमाडौं । नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालको समूहले प्रदेशको इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।

सोमबार पेरिसडाडाँमा बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको जानकारी गराइएको छ । दुवैजना मुख्यमन्त्री प्रधानमन्त्री केपी ओली समूहका हुन् । दुई प्रदेशको इन्चार्जमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई तोकिएको पनि बताइएको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
उक्त समूहको स्थायी समितिको बैठक सोमबार माधव नेपालको अध्यक्षता बसेको थियो। यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ।











