६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने–रघुजी पन्त



file photo
अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताउनुभएको छ ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायीकमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्तआन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमाअगाडी बढाउने बताउनुभएको हो ।

पन्तले संसद विघटनको सम्बन्धमा सवोच्च अदालतले कुनैनेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गर्नुभयो । सर्वोच्चअदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुर्नस्थापना बाहेककेही हुन नसक्ने उहाँले बताउनुभयो ।

संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाईनदिएको उहाँको भनाई छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधवपक्षसँग भएको, बहुमत भएको, सुर्य चिन्ह आफुहरुले पाउने, संसद पुर्नस्थापना हुने र नेकपाको सम्पति आफुहरुको हुने दाबी गनुभयो ।