काठमाडौं । मंगलबार बिहान साढे सात बजे सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
पुस ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।











