२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्ता अगाडि नै क्यानडा पुगेका थिए सन्दीप



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एक हप्ता अगाडि नै क्यानडा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

एक अन्तरवार्तामा बोल्दै अध्यक्ष चन्दले  सन्दीप गोप्य तरिकाले एक हप्ताअगाडि नै नेपालबाट प्रस्थान गरेको बताएका हुन् ।

सन्दीपले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । उनले उक्त पोष्ट क्यानडा बाट नै गरेका थिए ।

नेपालबाट सबैलाई थाहा दिएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दले बताए । ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । ‘,उनले भने, ‘टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको र उनले त्यहाँ नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । क्यानडामा सन्दीपलाई नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सहयोग गरेका बताए ।

चन्दले सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दास जिम्मा दिएको बताए । उनले भने, ‘उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल हुनुभयो ।’

अमेरिकाले भिसा नदिएका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । अमेरिकामा दुबै खेल गुमाएपनि सन्दीपले वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुन पाउनेछन् ।

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछ ।




भर्खरै