• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एआइएनमा नयाँ नेतृत्व



काठमाडौं ।नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन एशोशिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआइएन) को नयाँ कार्यसमिति डा. एस पी कलौनीको नेतृत्वमा चयन भएको छ ।
आज काठमाण्डौंमा सम्पन्न बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सहितको कार्य समिति चयन भएको हो ।

नयाँ नेतृत्वको पदाधिकारीहरुमा बिलिन्क नाउ फाण्डेशनका देशीय प्रतिनिधि डा. एसपी कलौनी अध्यक्षमा निर्वाचित हुनु भएको छ, तेसैगरी उपाध्यक्षमा पलान इन्टरनेटनलका देशीय प्रतिनिधि राम किशन, कोषाध्यक्षमा एक्सन एड इनटरनेसनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमा चयन हुनु भएको छ ।

यसैगरी कार्यकारी सदस्यहरुमा डान चर्च एडका देशीय प्रतिनिधि डा. सम्झना बिष्ट, हेल्भिटासका देशीय प्रतिनिधि डा. प्रबिण मानन्धर, डिजेट आइ फाण्डेशनका देशीय प्रतिनिधि राकेश कर्ण, शान्ति लेप्राहिल्फका देशीय प्रतिनिधि उत्तम निरौला, पिएसआइ का देशीय प्रतिनिधी खेमराज श्रेष्ठ र आड्रा नेपालका देशीय प्रतिनिधि टम पिग्नन निर्वाचीत भएका छन ।

एआइएनको विधान बमोजिम यस अघिनै निर्वाचित भइ कार्य समितिमा कायमरहनुभएका कार्यकारी सदस्यहरुमा ह्याबिटाट फर ह्युमानीटिका देशीय प्रतिनिधि एलिजा स्थापित र शाल्पानिरका देशीय प्रतिनिधी युजी ताकेशिता गरी जम्मा ११ जनाको कार्यकारी समिति कायम रहेको छ ।