६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा आज: क्यानडाविरुद्ध पाकिस्तानलाई जित्नैपर्ने दबाब



अ+ अ-

एजेन्सी । जारी टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् ।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुनेछ ।

पाकिस्तानले समूह चरणका सुरुवाती दुवै खेल अमेरिका र भारतसँग हारेको छ । पाकिस्तानलाई सुपर–८ मा पुग्ने सम्भावना कायम गर्न आजको खेल जित्नैपर्ने दबाव छ । नासाउ काउन्टी मैदानमा आइतबार पाकिस्तान भारतसँग ६ रनले पराजित भएको थियो ।

समूह चरणका दुवै खेलमा हार बेहोरेको पाकिस्तान अंकबिहिन छ । आजको खेल हारे या बर्षाको कारण रद्द भए पाकिस्तान समुह चरणबाट नै बाहिरिनेछ । क्यानडा–पाकिस्तान खेलमा वर्षा भयो भने दुवै टोलीलाई १–१ अंक दिइनेछ । यो एक अंक र बाँकि रहेको एक खेल जित्दा पाकिस्तानको जम्मा ३ अंक हुनेछ । जुन सुपर–८को लागि पर्याप्त हुनेछैन ।

समूह- ए मा भारत र अमेरिका समान दुई खेल जितेर चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । एक खेल जितेको क्यानडा दुई अंकसहित तेस्रो स्थानमा छ ।

पाकिस्तानको सम्भावित प्लेइङ ११:

मोहम्मद रिजवान, साइम अयुब, बाबर आजम, फखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वासिम/आजम खान, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ, मोहम्मद आमिर।

क्यानडा को सम्भावित प्लेइङ ११:

आरोन जोन्सन, नवनीत धालीवाल, परगट सिंह, दिलप्रीत बाजवा, निकोलस किर्टन, श्रेयस मोव्वा, डिलन हेलिङ्गर, साद बिन जाफर, जुनै सिद्दिकी, कलिम साना, जेरेमी गोर्डन।