६ असार २०८३, शनिबार
,
Latest
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले अदालत र निर्वाचन आयोगलाई प्रभावमा पारेर संसद विघटन गर्नुभो – नारायणकाजी



अ+ अ-

काठमाडौं । नेकपाको दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दबाब र प्रभावमा पारी संसद विघटन गरेको आशंका रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर संसद विघटन गरेको भन्ने आशंका आम रुपमा उब्जिएको उनले बताए । 

तर पनि प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास गरेको प्रवक्ता श्रेष्ठले व्यक्त गरे ।   उनले आज भने, सरकारले दबाब र प्रभावमा पारी आफु अनुकुल निर्णय गर्न बाध्य पारेको आशंका हामीले गरेका छौँ । उनले यदि त्यसो भयो र निष्पक्ष निर्णय गर्ने काममा सरकारले दबाब दियो भने जनताले त्यसका विरुद्ध लड्ने पनि बताए । 

प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क रहेको बताए । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताए ।   अहिलेको संविधानमा सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई भने संसद विघटनको कुनै अधिकार नभएको उनको दाबी थियो । उनले संविधानको धारा ७६ को प्रावधानको कुरा गर्दै भने, कुनैपनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । 

आफुहरुको आन्दोलन संवैधानिक अंगका विरुद्धमा नभएको र असंवैधानिक कदम चाल्ने सरकारविरुद्धमा केन्द्रीत रहेको प्रवक्ता श्रेष्ठले स्पष्ट गरे ।  उनले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा ढुक्क रहेको बताए । 

उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी गरिएको जानकारी पनि दिए ।  प्रवक्ता श्रेष्ठले अहिलेको आन्दोलन संसदको पुनस्थापनामा नै केन्द्रित रहेको भन्दै संसद पुनस्थापना  नभएसम्म यो आन्दोलन जारी रहने उनले जनाए ।