११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु सेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा



अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी)की वरिष्ठ क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन फकुवा गरेसँगै पन्तले उडान थालेकी छन् ।

पन्त निगमको न्यारो बडी जहाजकी वरिष्ठ क्याप्टेन हुन् । निलम्बन फकुवा भएसँगै उनले आइतबार काठमाडौं–मुम्बई उडान भरेकी छन् ।

विमानस्थल परिसरमा जथाभावी अन्तरवार्ता दिएको भन्दै क्यानले जेठ २१ गते पन्तलाई निलम्बन गरेको थियो । यसैगरी फोटो र भिडियो खिचेको भन्दै वायु सेवा निगमकै अर्का वरिष्ठ क्याप्टेन विजय लामालाई ग्राउन्डेड गरेको थियो ।

तर, विमानस्थल परिसरमा पन्तले क्यानको अनुमति मै अन्तरवार्ता दिएको खुलेपछि उनको निलम्बन फकुवा गरिएको हो ।

यसअघि क्यानले उजुरीका आधारमा पन्तलाई ग्राउन्डेड गरेको थियो । उनले विमानस्थल परिसरमा अन्तरर्वाता दिएको भने २ वर्ष अगाडि नै हो ।

क्यानले अर्का पाइलट लामाको निलम्बन भने फुकुवा गरेको छैन ।