• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा



काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उद्योगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको उद्योगले जनाएको छ ।

उद्योगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको छ ।

बालबालिकादेखि सबै उमेर समूहलाई लक्षित गरी वेफर बजारमा ल्याइएको र देशभरको बजारमा उपलब्ध भइसकेको जनाइएको छ । गुणस्तरलाई प्राथमिकतामा राख्दै वेफर उत्पादन गरिएको उद्योगले जनाएको छ ।

स्वाद, सन्तुष्टि र मिठासले पूर्ण हुने गरी वेफर उत्पादन गरिएको र बजारमा पुगेको छोटो समयमा नै उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको उद्योगले जनाएको छ ।