• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

नारायणी डेभलपमेन्ट बैंकको एजीएम माघ १६ गते हुने तय



काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारण सभा (एजीएम) माघ १६ गते हुने भएको छ । उक्त साधारण सभाले शतप्रतिशत हकप्रद पश्चात पुनः थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले हाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको एक बराबर एक हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपियाँको २०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ६०० रुपियाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्न लागेको हो ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे साधारण सभा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि पुस २९ गतेको दिन बुकक्लोज गर्ने निर्णय गरिएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको सीईओ पौडेलले बताउनु भयो । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न आवश्यक प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजीएमबाट पारित हुनेछ ।